AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा मृत भेटिए एक पुरुष

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० श्रावण २०७८, आईतवार १९:१७
576
Shares
विराटनगर/ विराटनगर महानगरपालिका–१६ दरैयामा एक युवक मृत अवस्थामा फेला परेको छ ।

नेपाल–भारत सीमा क्षेत्रनजिक उखुबारीमा आज विहान युवकको शव फेला परेको हो । मृत अवस्थामा भेटिएका युवकको पहिचान हुन नसकेको मोरङ प्रहरीले जानकारी दिएको छ ।

कालो पेन्ट र सेटो रङ्गको सेन्डो गञ्जी लगाएका अन्दाजी २५/३० वर्षीय पुरुषको शव सीमा क्षेत्रको दशगजानजिक भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार घटनास्थल दशगजाबाट लगभग सय मिटरजति नेपालतिर पर्छ ।

स्थानीय बासिन्दाले विहान ११ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले फरेन्सिक डाक्टरसहित घटनास्थलमा पुगेर घटनाको अनुसन्धान थालेको छ ।

शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा रहेको छ । मृतकको शरीरको बाहिरी भागमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि घटनाका बारेमा थप कुरा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर