AArya
RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकलमा मृत भेटिए विराटनगरका एक पुरुष, हत्या गरि शव मोटरसाईकलमा राखिएको आशंका

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ श्रावण २०७८, मंगलवार ०७:३१
16.61k
Shares
विराटनगर / विराटनगर ५ बिजुली अपिस अगाडि एक जना पुरुष मृत अवस्थामा शव भेटिएको छ ।

को ४ प २३१६ नम्बरको मोटरसाईकलमा सोमबार राति साढे ८ बजे विराटनगर ५ मुनालपथका ४८ वर्षिय सुदर्शन न्यौपानेको शव भेटिएको हो । मृतकका भतिजा सन्तोष न्यौपानेले कसैले हत्या गराएर मोटरसाइकल माथि राखिदिएको हुनसक्ने आशंका गरे । ‘मृतकको शरिरमा चोटपटक देखिएको छ । उनको कपडा च्यातिएको अवस्था छ । दाहिने हातमा चोट र रगतको टाटा देखिन्छ । पेन्ट पनि च्यातिएको अवस्थामा छ,’ प्रत्यक्षदर्शी सञ्चारकर्मी अनिल श्रेष्ठले भने, ‘आफन्तले हत्याको आशंका गरेका छन् ।’

मृतकको एक श्रीमती दुई छोरा र एक छोरी रहेको बुझिएको छ । घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ । घटनास्थलमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली पनि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर