खबर पूर्वाञ्चल
काठमडौँलगायत मोफसलका जुलाई १५ मा सुरु भएको यो दिवस आइतबारसम्म विभिन्न कार्यक्रम गरि मनाइन्छ । कोभिड मापदण्डको पालना गरी विश्व पौडी दिवस विराटनगरमा मनाइएको विराट स्विमिङ्ग एसोसिएसनका अध्यक्ष इन्द्र राजभण्डारीले जानकारी दिए । यसअघि संघले विश्व एक्वेटिक दिवसमा पौडी प्रतियोगिता आयोजना गरि मनाउने गरेको थियो । यस पटक कोभिड १९ को कारणले पौडी प्रतियोगिता नगरि औपचारिक कार्यक्रम आयोजना गरि मनाएको अध्यक्ष राजभण्डारीले जानकारी दिए ।