खबर पूर्वाञ्चल

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको टोलीले विराटनगर १६ हुलास चौक दक्षिणगेट नजिकदेखि मोस्ट वान्टेडको सूचीमा रहेका पप्पुलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरीले पप्पुको साथदेखि एक थान पेस्तोल र अवैध लागूऔषध बरामद भएको छ । सशस्त्र प्रहरी निरीक्षक पोखरेलले पेस्तोल र लागूऔषधसहित सीमा नाका जङ्गे सीमा स्तम्भ १८० नम्बर नजिक डम्पिङ साईटको बाटो भएर नेपाल आउँने क्रममा बुधबार राती साढे १० बजे पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
‘पप्पुले पेस्तोल र अवैध लागूऔषध नेपालतिर ल्याउन निक्कै चलाखी गरेको देखियो,’ सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले भने, ‘ हुलिया बदलेर कवाडी संकलन गर्न हिड्ने गरेका रहेछन् । प्रहरीले संका लागेपछि चेकजाँच गरेको थियो । उनले बोकेको प्लाष्टिकको झोलादेखि पेस्तोल र लागूऔषध बरामद भयो ।’ सशस्त्र प्रहरीले कटुवा पेस्तोल र दुई वटा कालो प्लास्टिकको झोलामा राखेको लागुऔषध एभिल इन्जेक्सन २ सय ९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २ सय ९५ एम्पुल बरामद गरेको हो ।
पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको आरोप छ । ‘यस अघि पनि पप्पुले भारतमा विभिन्न अपराध गरि फरार अभियुक्त हुन् । खोजी कार्य तिव्र बनाएको छ । उनले भारतमा व्यापारीलाई धम्काउनेदेखि चन्दा असुलीसम्मको अपराधिक धन्दा चलाएर प्रहरीमा परेको उजुरी धेरै रहेको छ । त्यही भएर पप्पु भारतीय प्रहरीको मोस्ट वान्टेट सूचीमा रहेका छन्,’ सुरक्षा स्रोतले जानकारी दिएको छ ।