खबर पूर्वाञ्चल
इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । यसअघि १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटली पराजित भएको थियो ।
पराजित इङल्याण्डको युरोकपको उपाधि जित्ने सपना समेत चकनाचुर बनेको छ । ५५ वर्ष पछि फाइनलमा पुगेको इङल्याण्ड इटालीसँग पराजित भएसँगै फाइनल जित्ने सपना चकनाचुर भएको हो । लण्डनस्थित वेम्बली रंगशालामा आज विहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा इटालियन गोलकिपर डोन्नरुम्माले इङल्याण्डका दुई प्रहारलाई विफल पारेका थिए। इङल्याण्डको एउटा प्रहार भने पोस्टमा लागेको थियो ।
पेनाल्टी सुटआउटमा इटालीका बेलोटीको प्रहारलाई इंग्लिस गोलकिपर पिकफोर्डले विफल पारेका थिए । यस्तै इङल्याण्डका रास्फोर्डको प्रहार भने पोस्टमा लाग्यो । लगत्तै इङल्याण्डका जाडोन सान्चोको प्रहारलाई इटालियन गोलकिपर डोन्नरुम्माले विफल पारे । इटालीका पाँचौ पेनाल््टी हानेका जोर्गिन्होको प्रहारलाई पनि इंग्लिस गोलकिपरले विफल पारे ।
इङल्याण्डका लागि पाँचौ पेनाल्टी प्रहार गरेका बुकायो साकाको प्रहारलाई इटालीलाई गोलकिपर डोन्नरुम्माले छेक्दै आफ्नो टिमलाई विजयी बनाए ।
पेनाल्टी सुटआउटमा इटालीका लागि बेरार्डी, बोनुची र बर्नार्डिचीले गोल गरे। इङल्याण्डका ह्यारी केन र ह्यारी माग्युर मात्र पेनाल्टीमा सफल भए ।
युरो कपमा सन् १९७६ पछि पहिलो पटक उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो ।
यस अघि लुक शाले इङल्याण्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए ।