खबर पूर्वाञ्चल
संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ ।
प्रदेश १ मा आज ७२६ जनाको पीसीआर परीक्षण गर्दा २०३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा ८२, मोरङमा ५४, सुनसरीमा ३९, ते¥हथुममा १३, इलाम र उदयपुरमा ३–३, ताप्लेजुङमा २, संखुवासभा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
झापाको विर्तामोडमा १९, मेचीनगरमा १५, भद्रपुरमा १२, दमकमा १०, अर्जुनधारा र कनकाईमा ९–९, शिवसताक्षीमा ५, कमलगाउँपालिकामा २ र हल्दिबारीमा १, मोरङको विराटनगरमा ३६, सुन्दरहरैचामा ६, लेटाङमा ३, बुढीगंगा र बेलबारीमा २–२, रंगेली, उर्लाबारी, रतुवामाई, पथरीशनिश्चरे र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा २४, धरानमा ८, बराहक्षेत्र र रामधुनीमा २–२, दुहवी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा ११, फेदाप र स्थानीय तह नखुलेका १–१, इलामको माईमा २ र स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगामा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा २, संखुवासभाको खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ४१० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३१२ रहेको मन्त्रालय जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १३६७ पुगेको छ । जस्मा ४०६ महिला र ९६१ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सुनसरी,सोलु पाँचथर,संखुवासभा र प्रदेश १ बाहिर स्थायीघर भएका १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
विराटनगरकाने नोवेल शिक्षण अस्पतालमा २ जना तथा धरानको विपि कोइराला विज्ञान प्रतिष्ठान, बुढीगंगा गापामा रहेको विराट शिक्षण अस्पताल र मेची अस्पताल झापामा १–१,संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।