AArya
RUMPUM
animated ellipse animated ellipse

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ असार २०७८, आईतवार १८:२५
918
Shares
सुनसरी / सुनसरीको ईटहरी–१ का २४ बर्षीय रविन चौधरीको हत्यामा संलग्न भई फरार रहेका प्रदिबादी ईटहरी–२ का ३१ बर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ ।

२०६५ साल पौष १ गते चौधरीको ईटहरी–५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो ।

घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रतिबादीहरुको खोजतलासलाई अभियानकै रुपमा तिब्रता दिईसंगै रविनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई प्रदेश प्रहरी कार्यालय (प्रादेशिक अनुसन्धान ) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्धामा दोषी ठहर भई २० बर्ष कैद भुक्तानका लागी क्षेत्रीय कारागार झुम्का पठाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर