खबर पूर्वाञ्चल
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकमा विवादित विषयमा बुँदागत छलफल अघि बढेको माधव समुहका नेता रघुजी पन्तले बताए । बैठकमा असहमतिका कुरा राखिएको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए । ‘हामीले आज कहाँ–कहाँ हाम्रा असहमतिहरू छन् भन्ने सबै राख्यौं । छलफल सकारात्मक छ, भोलि फेरि बस्छौं,’ बैठकपछि बिष्टले भने ।
कार्यदलका अर्का सदस्य ओली समुहका सुवास नेम्वाङले आज विस्तृत, गम्भीर र सकारात्मक छलफल भएको बताए । ‘अहिलेसम्म भइरहेका घटनाक्रमबारे विस्तृतमा छलफल भयो । भोलि विहान साढे आठ बजे बस्ने गरी आजलाई हामी उठ्यौं,’ उनले भने ।
यसअघि सोमबार साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले आज फेरि बैठक बस्ने निर्णय गरेको थियो ।