AArya
RUMPUM
animated ellipse animated ellipse

इटहरी अस्पताललाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ असार २०७८, मंगलवार १७:३९
477
Shares
इटहरी / गैरआवासीय नेपाली संघले इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ ।

आज इटहरी अस्पतालमा एक कार्यक्रमका विच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट डा. योगेश चेम्जोङ्गले महामारीको यो समयमा एनआरएनएले इटहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद दिए ।

इटहरी उपमहानगपालिकाका स्वास्थ्य शाखा प्रमुख धनश्याम सिग्देल,प्रेस संयोजक लिलाराज भटटराई र इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले एउटै वाट दुई जनाको उपचारमा सहयोग पुग्ने कन्सन्ट्रेटरवाट इटहरी अस्पतालको उपचार सेवामा सहयोग पुग्ने वताए ।

एनआरएनएको तर्फवाट कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एनआरएन कतारका पूर्व सचिव टिन एन वरालले पूर्व क्षेत्रमा आठ वटा अक्सिजन हस्तान्तरण हस्तान्तरण गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर