AArya
RUMPUM
animated ellipse animated ellipse

तीन थान भरुवा बन्दुकसहित तीन जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ असार २०७८, शनिबार १७:०४
747
Shares
तेह्रथुम / तेह्रथुम लालिगुराँस नगरपालिका १ भुल्के स्थितबाट तीन थान भरुवा बन्दुक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय रामबहादुर गुरुङ रहेका छन् ।

प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बन्दुक बोकेर हिडिरहेको अवस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भईरहेको तेह्रथुम प्रहरलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर