खबर पूर्वाञ्चल
सुनबर्षी सहयोग अभियान भन्ने नाराकासाथ शुरु भएको दैनिक उपभोग्य सामग्री हाल सम्म एकसय भन्दा बढी घरधुरीले सहयोग पाई सकेको युवा अभियान्ता ईं. कम्लेस ठाकुरले बताए ।
शुरुमा तीन जनाको इच्छा शक्तिबाट अगाडी बढेको यो अभियानमा विभिन्न ब्यक्ति तथा संघ संस्थाबाट पनि सहयोग थपिएको ठाकुरले बताए । फरक क्षमता भएका तथा गरिव विपन्न परिवारको घरदैलोमै पुगेर चामल ,दाल , तेललगायतका दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको जनाइएको छ ।
यस अभियानमा ई. ठाकुर, वीरेन्द साह , धिरेन्द्र साह अनि सन्तोष वास्तोला सक्रीय भएर लागेका छन् । हालसम्म करिब पौने दुई लाख बराबरको सहयोग वितरण भएको अभियन्ता ठाकुरले बताए ।