AArya
RUMPUM
animated ellipse animated ellipse

श्रमिकलाई राहत वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ असार २०७८, बुधबार १६:२८
414
Shares
विराटनर/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४२ औं स्थापना दिवसको अवसर पारेर श्रमिकहरुलाई रातह सामाग्री वितरण गरेको छ ।

संगठनले आज श्रमिकहरुलाई राहत सामाग्री वितरण गरेको हो । निषेधज्ञाले अफ्टयारो अवस्थामा परेका यातायात क्षेत्र र विभिन्न उद्योगहरुमा काम गर्ने श्रमिकहरुलाई रातह सामाग्री वितरण गरेको संगठनको अध्यक्ष उत्तम बन्जराले जानकारी दिए । राज्यले राहत सामाग्री वितरण गर्नुपर्ने भए पनि सामाजिक उत्तरदायित्व अन्र्गतर रहेर अफ्टयारो अवस्थामा परेका श्रमिकहरुलाई राहत वितरण गरिएको जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमलाले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा नेकपा एमाले मोरङका नेता बाबुराम कार्की, विराटनगर ११ का वडाअध्यक्ष तिर्थेन्द्र न्यौपाने, जनशक्ति विकास केन्द्रका अध्यक्ष डिक घिमिरे, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संन्जीव खनाललगायतको उपस्थित रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर