AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एसइईको नतिजा साउन दोस्रो सातामा आउँने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ जेष्ठ २०७८, सोमबार १५:५१
459
Shares
फाइल तस्वीर
काठमाण्डौ / माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोश्रो साता प्रकाशन गर्ने गरी विद्यार्थीहरुको आन्तरिक मूल्यांकन असार २० गतेभित्र जिल्ला समन्वय इकाईमा पठाउन भनिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गर्दै असार २० गतेसम्ममा सबै विद्यालयले आफ्ना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरी पठाउने समयसीमा निर्धारण गरेको बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले जानकारी दिए ।

विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र समन्वय समितिले राष्ट्रिय परीक्षा बोर्डमा पठाइसक्नुपर्ने भएको छ ।

असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसइईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारीलगायतको काम बोर्डले गर्ने भएको छ ।

कुनै अवरोध नभए बोर्डले एसइईको नतिजा आगामी साउन १५ भित्र पूरा सार्वजनिक गर्न सक्ने र भदौदेखि कक्षा ११ को पढाइ शुरु गर्न सक्ने गर्ने गरी बोर्डले नतिजा प्रकाशनको तयारी गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर