AArya
RUMPUM
animated ellipse animated ellipse

दुई सय परिवारलाई युवा अभियानद्वारा खाद्यान्न वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ जेष्ठ २०७८, शनिबार १७:४०
531
Shares
विराटनगर/ निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्ने समुदायलाई हातमुख जोड्न समस्या भएको अवस्थामा रहेकाहरुलाई विराटनगर–११ मा खाद्यान्न वितरण गरिएको छ ।

आज युवा अभियान समूह विराटनगर र नटराज एग्रो प्रालिद्वारा विराटनगर –११ गरीव समूदायका दुई सय जनालाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ ।
प्रदेश १ निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेकपा (नेपाल खनाल समूह)का केन्द्रीय महेश रेग्मी, नगर अध्यक्ष पारुल क्षेत्री, अभियानका अभियान्ताहरु संजय विक , राम लिम्बु र भुवन कट्टेलले नागरिकले भोको पेट नसुत्नुस परोस भन्नका लागि अभियानले खाद्यान्न सहयोग एवं समस्या परेकाहरुले सम्पर्क गरेमा घरमा खाद्यान्न पुर्याउने प्रतिवद्धता व्यक्त गगरेका छन् ।

अभियानले निषेधाज्ञाको समयमा विराटनगरका विभिन्न वडाहरुमा खाद्यान्न वितरण गर्नुका साथै दैनिक मजदुरी गर्नेलाई निशुल्क खाना खुवाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर