AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा संक्रमणका कारण हुने मृत्युदर घट्दै, आज ७ जना संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ जेष्ठ २०७८, शुक्रबार १८:५२
702
Shares
पुष्पराज थपलिया
विराटनगर/ पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा कोरोना संक्रमणका कारण हुने मृत्युदर आज घटेको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा आज २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्य भएसँगै प्रदेश १ मा पछिल्लो तीन दिनको अविधिमा आज कम मृत्यु भएको हो । यस अघि बुधबार २१ जना र विहिबार २३ जनाको मृत्यु भएको थियो । मृतकको सैख्या ७२५ पुगेको छ । मुत्यु हुनेमा २१४ महिला र ५२१ पुरुष रहेका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी सुनसरीमा ३ जनाको संक्रमितको मृत्यु भएको छ भने मोरङ र झापामा १–१ जनाको मृत्यु भएको छ । प्रदेश १ बाहिरको २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर