खबर पूर्वाञ्चल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ । २१ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएकोमा २० हजार ९४८ जनाको पिसिआर र ५३० जनाको एन्टिजेन परीक्षण भएको थियो ।
यस अवधिमा मुलुकभर थप २०३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।