खबर पूर्वाञ्चल
शववाहनको व्यवस्था नहुँदा मृत्यु भएको कोरोनाका संक्रमितको लामो समय सम्म शव नउठ्ने समस्या पाईएपछि शव वाहन सेवा सञ्चालन गरिएको एमाले विराटनगर ८ का अध्यक्ष राम पोखरेलले बताए । उनका अनुसार अस्पतालसँगै होम आईसोलेसनमा मृत्यु भएकाहरुका लागि पनि सेवा दिईने छ । अध्यक्ष पोखरेलले भने,‘ कोरोना संक्रमणका कारण ज्यान गुमाउने विराटनगर ८ का बासिन्दालाई लक्षित गरि दुःखको घडीमा साथ दिन सेवा शुरु गरिएको छ ।’ उनका अनुसार शव वाहन सेवा शुरु गरिएपनि यस्तो भरसक कसैलाई नपरोस् । अभियानमा अध्यक्ष पोखरेल सहित भुवन राजवंशी, सविन कामत, शिव मगर, मोहम्मद शमशेर (समिर) खटिएका छन् ।
यसअघि एमाले विराटनगर ८ ले वडावासीलाई स्वास्थ्य सामाग्री, संक्रमितको घरलाई निर्मलीकरण, होमआईसोलेसनमा बसेकाहरुलाई आयुर्वेदिक औषधि वितरणको काम गरेको अध्यक्ष पोखरेलले बताए । कोरोनाको नयाँ भेरिएन्टका संक्रमित बढेसँगै वडाकमिटीले वडावासीको समस्यालाई मध्येनजर गरेर काम गर्दै आएका उनले बताए ।