खबर पूर्वाञ्चल
कोरोनाबाट संक्रमित भएकाहरुले बेलैमा एम्बुलेन्स प्राप्त गरेर अस्पताल जान नसकेको बेला अहिलेको स्वास्थ्य सम्बन्धी विषम परिस्थितिलाई ख्याल गर्दै आफूले प्रयोग गर्दै आएको महानगरको को १ झ ४९४ नम्बरको टोयटा फर्चुयनर गाडीलाई समेत जनसेवामा समर्पित गर्ने निर्णय गरेको मेयर पराजुलले बताएका छन् ।

त्यस्तै नेपाली कांग्रेस विराटनगर महानगर समितिका कावा सभापति अरुण न्यौपानेले पनि आफूले चढ्ने गरेको बा १५ च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न विराटनगर महानगरलाई उपलब्ध गराउने निर्णय गरेको विज्ञप्ति मार्फत जानकारी गराएका छन । “थोरै भएपनि सहयोग गर्ने उद्देश्यले म एउटा राजनीतिक कार्यकर्ता र जनसेवक भएको हिसाबले सहयोग गरेको हुँ” विज्ञप्तिमा उल्लेख छ ।