खबर पूर्वाञ्चल


२५ जना भन्दा बढी मानिस भीड नगर्नु भनेसँगै यताका सपिङ मलमा भने आज पनि उपभोक्ताहरुको ठूलो घुँइचो लाग्ने गरेको छ । हजारौं उपभोक्ताहरु सुपर मार्केटमा जम्मा हुँदा कोरोना संक्रमितको जोखिम बढ्ने भए पनि महानगरले हाट बजारलाई लक्षित गरेको स्थानियले बताउँछन् । खुल्ला बजारहरुमा कडाई गरेपनि महानगरले यहाँका सुपरमार्केटको सुरक्षामा कुनै ध्यान दिएको छैन ।
यता तरकारी व्यापारीहरुले अचानक गरिएको निर्णयले भने आफुहरु समस्यामा परेको बताएका छन् । बन्द गराउनु थियो भने केही दिनदेखि आफुहरुलाई सुचना दिनुपर्ने उनीहरुको भनाई छ । गुद्री बजारबाट महङ्गो भाउमा किनेर ल्याएको हरियो तरकारी बेच्न नपाउँदा आफुहरलाई घाटा हुने भोला खानले गुनासो गरे । यता विराटनगर
महानगरपालीकाका नगर प्रहरी निरीक्षक राजन पौडेल भने, आफुहरुले सुचना प्रकाशित गरेर नै यो निर्णय गरेको बताए । ३ दिनदेखि गाडी र सिटी रिक्सामा माईकिङ्ग गराईरहेको पौडेलले जानकारी दिए ।
नेपालमा अधिकाश तरकारी भारतबाट नै आउने भएका कारण यसबाट सचेत रहन पनि आवश्यक छ । यो माहामारीबाट आफुहरु पहिले सुरक्षित रह्यौ भने हाट बजार पुन लगाउन सकिने पौडेलको भनाई छ ।