खबर पूर्वाञ्चल
कोभिड अस्पतालमा तीन महिनापछि कोरोना संक्रमितको मृत्यु भएको हो । यस अघि गत पुस २६ पछि पछिल्लो पटक संक्रमणबाट मृत्यु भएको हो ।
झापाको दमक ८ का ९२ बर्षीय बृद्धको आईतबार राती कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो । चैत २५ गते परिवारका ५ जनालाई संक्रमण भएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
मधुमेहबाट पीडित बृद्धको राती १२ बजे मृत्यु भएको कोभिड अस्पतालका एपोलो भगतले जानकारी दिए । उनका अनुसार बृद्धको मृत्यु भएपछि परिवारका अन्य ४ जनापनि घर फर्कीएका छन् । संक्रमणमुक्त नभई उनीहरु मृतकको शव लिएर घर गएका हुन् । लक्षण नभएकाले घर जान दिईएको भगतले बताए । प्रदेश १ मा अहिले १ सय १६ जना संक्रिय संक्रमित छन् ।