AArya
RUMPUM
animated ellipse animated ellipse

मेची पारिको नेपाली विद्यालयमा समाजसेवी गोयलको सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० चैत्र २०७७, मंगलवार १५:४१
216
Shares
भद्रपुर / उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले मेची पारिको नेपाली गाउँका विद्यार्थीलाई विद्यालय–पोशाक र स्कुल ब्याग वितरण गरेका छन् ।

भद्रपुर नगरपालिका वडा नम्बर–३ मा पर्ने डोलो गाउँमा रहेको मेची आधारभूत विद्यालयका १ सय ४१ विद्यार्थीलाई समाजसेवी गोयलले पोशाक र ब्याग वितरण गरेका हुन् ।
विद्यालयमा आज आयोजित समारोहमा गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका नाममा उक्त सामग्री वितरण गरे । उनले दाजु ओमप्रकाशका स्मृतिमा विगत एक दशकदेखि समाजसेवाका कार्यहरू गर्दै आइरहेका छन् ।

गोयलले विद्यालयका ७८ छात्रलाई सर्ट–पेन्ट तथा ६३ छात्रालाई सर्ट र फ्रक प्रदान गरे । यसबाहेक विद्यालयलाई उनले आफ्ना तर्फबाट खानेपानीको फिल्टरसमेत हस्तान्तरण गरे ।

विद्यालयका प्रधानाध्यापक चमकलाल राजवंशीले पोशाक, ब्याग र फिल्टरमा गरी २ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । समारोहलाई सम्बोधन गर्दै गोयलले आफू भद्रपुरमै जन्मिएर माध्यमिक तहसम्मको शिक्षा आफूले यहीँ पाएको उल्लेख गरे । उनले आफ्ना दाजु ओमप्रकाशले पनि झापा जिल्लामा समाजसेवाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको चर्चा गरे ।

‘हामी दुबै यही क्षेत्रका भएकाले यस कार्यक्रमबाट दाजुको सानो सम्झना गरेको हुँ’, उनको भनाइ थियो, ‘हामी दुबै जना जुत्ता नलगाई खालि खुट्टामै बोरा बोकेर विद्यालय जान्थ्यौँ । हामी दुबैले दुःखका दिन पनि देखेका छौँ । त्यसैले आजका विद्यार्थीले सहज वातावरण पाऊन् भन्ने मेरो चाहना छ ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर