AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा आजदेखि जुत्ता, चप्पल मेला शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ चैत्र २०७७, बिहीबार १८:४४
1.73k
Shares
मेलाको उद्घाटन गर्दै विराटनगर महानगरका प्रमुख पराजुली । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगरको जलजला मोडमा विराट फुटवेयर एक्स्पो (जुत्ता, चप्पल मेला) २०७७ आजदेखि सुरू भएको छ ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले एक्स्पोको उद्घाटन गरेपछि महिनादिसम्म सञ्चालन हुने एक्स्पो सुरू भएको हो ।

फुटवेयर म्यानुफ्याक्वरर्स एशोसियसन अफ नेपालको आयोजना सुरू भएको एक्स्पो चैत ५ देखि वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा १२ कम्पनीको २० वटा ब्राण्डका जुत्ता, चप्पल रहने छ । फुटवेयर एशोसियसनले विराटनगरमा विगत पाँच वर्षदेखि यस्तो एक्स्पो गर्दै आएको छ । स्वेदशी उद्योगको उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरेको एक्स्पो संयोजक होमनाथ उपाध्ययले बताए ।

‘एकै थलोमा स्वदेशी १२ वटा कम्पनीको विभिन्न २० ब्राण्डका ५ हजार जोर भन्दा बढी मोडलका जुत्ता, चप्पलहरू एक्स्पोमा राखिएको छ,’ संयोजक उपाध्ययले भने, ‘मेला अवधीभर २ लाख ५० हजार जोर जुत्ता, चप्पलको कारोबार हुनेछ ।’ महिना दिनसम्म लाग्ने मेलामा छाला, लेदर बेल्ट, स्कुल सुज देखि स्र्पोटस् तथा थरीथरीका जुत्ता, चप्पल छ । एक्स्पोमा राखिएको जुत्ता, चप्पलहरूमा विशेष छुट पनि राखिएको छ । १ सय देखि १० हजार सम्मका १० देखि ५० प्रतिसत छुट छ । दैनिक २० हजार भन्दा बढीले मेला अवलोनक गर्ने आयोजकको लक्ष्य छ ।

‘देशभरीमा साना र मझौला गरि १ हजार ५ सयको संख्यामा जुत्ता, चप्पल उद्योगहरू रहेका छन्,’ संयोजक उपाध्ययले भने, ‘हाम्रो मुख्य लक्ष्य भनेको स्वदेशी उद्योगले उत्पादन गरेको जुत्ता, चप्पलहरूको प्रवद्र्धन गर्नु नै हो ।’ स्वदेशी उद्योगले वार्षिक ५ करोड भन्दा बढी सबै प्रकारका जुत्ता चप्पल उत्पादन गरि स्वदेशी बजारमा आपूर्ती हुने गरेको फुटवेयर एसोसियसनको अभिलेखमा उल्लेखछ । वार्षिक ९ कारोड जोडी जुत्ता चप्पलको आन्तरिक बजारको माग छ । जसमध्ये करिब ६३ प्रतिशत जुत्ता चप्पल आन्तरिक उत्पादनबाट आपूर्ती हुने गरेको एसोसियसनले जनाएको छ । ठुला र मझ्यौला उद्योगहरू काठमाण्डौं, विराटनगर, विरगंज र बुटवलमा रहेको छ ।

कार्यक्रममा बोल्दै महानगरपालिका प्रमुख पराजुलीले यस्ता मेलाले स्थानिय स्तरमा उत्पादन भएको बस्तुको प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताए । उद्योगहरूले उत्पादन गर्ने जुत्ता, चप्पलहरू उपभोक्ताको चाहना अनुसारको बनाउनुपर्नेमा प्रमुख पराजुलीले सुझाब दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर