AArya
RUMPUM
animated ellipse animated ellipse

भानु कलेजमा सास्कृतिक कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७७, शुक्रबार १८:१५
333
Shares
विराटनगर/ विराटनगर–९ मा रहेको भानु कलेजले सरस्वती पुजाको अवसर पारेर विभिन्न कार्यक्रमको गरि मनाएको छ ।

कलेजमा एक कार्यक्रमको आयोजना गरि विभिन्न कार्यक्रमका साथै सास्कृतिक कार्यक्रम गरि मनाएको हो । कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न खाद्य तथा खेलका स्टल राखेको कलेजका को– अर्डिनेटर ए.के. दासले बताए ।

कार्यक्रममा कलेजमा भएको कविता, नृत्य, वक्तित्वकला, गायन, निवन्ध लेखन र चित्रकलालगायतका प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुलाई कलेजका प्रिन्सिपल मोहन श्रेष्ठ, को–अर्डिनेटर ए.के. दास, कलेजका निर्दशक देवेश प्रधान तथा कलेजमा अध्यापन गराउँने शिक्षकले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा कलेजमा अध्ययनरत विद्याथीृहरुले नृत्यु, गायन , कविता वाचन गर्नुका साथै खाद्य र खेलका विभिन्न स्टल राखेर सहभागि सवैलाई मनोरञ्जन गराएका थिए । साथै कार्यक्रममा विभन्न जातिय भेषभुषाको आकर्षण रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर