AArya
RUMPUM
animated ellipse animated ellipse

सरकार मुठभेडको पक्षमा नरहेको –मन्त्री ढकाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ माघ २०७७, सोमबार १९:२८
792
Shares
विराटनगर / उपप्रधानमन्त्री ईश्वरपसाद पोखरेल माथि नुवाकोट जिल्लामा भएको ढुङ्गामुढा गर्ने कार्यले सम्वन्धित राजनीतिक दललाई हानी पु¥याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ढुङ्गामुढा र आम सभा विथोल्ने जस्ता हरकतलाई जनताले नियाली रहेका छन भन्दै आफ्नो पार्टी मुठभेडको पक्षमा नरहेको बताए ।

आउँदो वैशाख १७ र २७ हुने आम निर्वाचनको घोषित मितिमा गर्नका लागि सवै अङगहरु परिचालन भइरहेको बताउदै कतिपय राजनीतिक दलहरु विभिन्न विरोध र अन्य वहानमा जनतामा जाने भन्दै निर्वाचनको तयारीको लागि अभियाननै शुरु गरिरहेको मन्त्री ढकालले बताए ।

मन्त्री ढकालले सत्तारुढ पार्टी र सरकारमा भएकोले यही माघ २३ गते हुने आम सभाका लागि फराकिलो ठाउँमा गर्नु पर्ने भएकोले दरबार मार्ग क्षेत्र नै सवैभन्दा ठूलो र फरालिको एवं उपयुक्त भएकोले त्यस ठाउँमा सभा स्थल राखिएको भन्दै त्यसमा अन्य कुनै कारण नरहेको बताए ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाद्वारा संवैधानिक परिषदको बैठकले गरेको निर्णय सिफारिस फिर्ता पठाउनु बढी प्रचारमुखीको कारणले भएको हो भन्दै मन्त्री ढकालले परिषदको निर्णयमा सिफारिस फिर्ताले केही असर नगर्ने बताए ।

सभामुख सापकोटाले परिषद्को सदस्यको हैसियतमा भन्दा पनि व्यक्तिगत रुपमा सिफारिस फिर्ता गरेको बताउदै मन्त्री ढकालले परिषद्को निर्णय अनुसार नियुक्ति हुने प्रष्ट पारे ।

मन्त्री ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट आउँदो २३ गते हुने विशेष सम्वोधनको जनसभा सम्भ र भव्य हुनाका साथै सभाका सम्वन्धमा आलोचकबाट विभिन्न किसिमको प्रचार प्रसार गरिए पनि सवै तप्का र समुदायको उल्लेखनीय सहभागीतामा हुने दावी गरे ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर