AArya
RUMPUM
animated ellipse animated ellipse

फोटो खिच्न विराटनगर बोलाएर क्यामेरालगायत फोटोग्राफीका सामाग्री चोरी गर्ने दुई जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ माघ २०७७, शुक्रबार १५:४०
1.54k
Shares
विराटनगर / फोटो खिच्न विराटनगर बोलाएर क्यामेरालगायत फोटोग्राफीका सामाग्री चोरी गर्ने झापाका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा जिल्लाको अर्जुनधारा नगरपालिका ६ महानन्द चोकका २० वर्षीय अनुप ढकाल र सोही स्थानका २० वर्षीय सारांश भट्टराई रहेका छन् । पोखरा महानगरपालिका–२० मलाम घर भई योर डिजिटल फोटो स्टुडियोका सञ्चालक विमल कार्कीलाई अनुपले फोनमार्फत अनुपले पुस २५ गते विराटनगरमा हाम्रो भब्य फेसन सोमा फोटो खिच्ने कार्यको लागि भन्दै बोलाएका थिए ।

पुष २४ गते ईसेवाबाट पेश्की स्वरुप ४ हजार समेत पढाएपछि विश्वास गरेर आएका कार्कीलाई अनुप र उनको सहयोगी सारांशले बुढिगंगा गाउपालिका १ मा रहेको आरएन होटल एण्ड लज पुर्याएका थिए ।

अनुपले होटलको कोठामा फोटोग्राफीसम्बन्धी सम्पूर्ण सामाग्रीहरू राख्न लगाई खाना खाने बहानामा इटहरीमा रहेको प्राइम होटलमा लगेका थिए ।
अनुपले कार्कीलाई इटहरीको होटलमै छाडी पुनः कार्कीले सामाग्री राखेको कोठामा फर्कीएर होटलबाट फोटोग्राफीसम्बन्धी सबै सामाग्री चोरी गरी फरार रहेका थिए । उजुरी परेपछि अनुपलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट बिहीबार साँझ पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताएका छन् ।

पक्राउ परेका उनीहरुको साथबाट चोरी गरि लगेको क्यामकेरा लाईट व्याट्री ५ थान, चार्ज गर्न मिल्ने व्याट्री ६ सेट, मेमोरी कार्ड ६ थान, माइक २ थान, पावर बैंक ३ थान ट्रिगर २ थान, ब्याट्री चार्जर ६ थान, ड्रोन १ थान, क्यामरा ब्याट्री ६ थान, रिफ्लेक्टर १ थान, ल्यापटप १ थान,, क्यामरा ३ थान, लाईट १ थान र झोला ७ थान बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर