AArya
RUMPUM
animated ellipse animated ellipse

भारतीय रुपैयाँसहित प्रहरीले दुई जना नेपाली नागरिकलाई विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ पुष २०७७, शनिबार २०:२७
2.79k
Shares
विराटनगर / भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई विराटनगरबाट पक्राउ गरेको छ ।

शस्त्र प्रहरी बल वीओपी विराटनगर रानीबाट सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले मोरङको सुन्दरहरैँचा नगरपालिका–१ की २२ वर्षीया अञ्जली झा र विराटनगर महानगरपालिका–१५ का २६ वर्षीय रञ्जीत चौधरीलाई चार लाख ९८ हजार भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

झोलामा भारतीय रुपैयाँ बोकेर नेपालतर्फ पैदल नै आउँदै गरेको अवस्थामा उनीहरु विराटनगर–१६ दरैयाबाट पक्राउ परेका थिए । उनीहरुको साथबाट पाँच सय दरका सात सय र दुई हजार दरका ७४ वटा भारतीय नोट गरेर चार लाख ९८ हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पाँच सय दरमाथिका भारतीय नोट बोक्न नेपालमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले बरामद भएको रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि आजै विराटनगर भन्सार कार्यालयमा बुझाइएको जानकारी दिए । चेकजाँचका क्रममा स्रोत नखुलेको रकम र प्रतिबन्धित नोटसहित हिडिरहेको फेला परेपछि उनीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर