खबर पूर्वाञ्चल
प्रदेश १ को सवैभन्दा बढी मोरङमा १३ हजार १ सय १२ जना संक्रमित भएका छन् भने सवै भन्दा कम सोलुखुम्वुमा ३७ जना रहेको सामाजिक विकाश मन्त्रालयले जनाएको छ ।
त्यस्तै सुनसरीमा ८ हजार ९ सय ४७, झापामा ४ हजार ६ सय ४६, उदयपुर ४ सय ९४, इलाममा ४ सय ७२, संखुवासभा ३ सय ४१, धनकुटामा २ सय ७, पाँचथरमा १ सय ४५, ताप्लेजुङमा १ सय २०, ते¥हथुममा १ सय १९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले बताए । उनका अनुसार प्रदेश १ बाहिरका १ हजार १७ जनामा कोरोना संक्रमण भएको छ ।
प्रदेश १ मा आज ८१ जना निको भएसँगै २८ हजार ७ सय ३७ जना संक्रमणमुक्त भएका छन् । मोरङमा १२ हजार ६ सय ८४, सुनसरीमा ८ हजार ६ सय ५९, झापामा ४ हजार ३ सय ९२,उदयपुर ४ सय ८२, इलाममा ४ सय ४७, संखुवासभा ३ सय २८, धनकुटामा १ सय ८७, पाँचथरमा १ सय ४१, ताप्लेजुङमा १ सय १४ ते¥हथुममा १ सय १२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्वुमा ३५जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ बाहिरका ९ सय ३७ जना निको भएका छन् । मन्त्रालयका अनुसार होम आईसोलेसनमा ६ सय ५८ रहेका छन् ।