AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार नारायणकाे ‘ किरात राई समुदायको प्रथाजनित कानुन’ पुस्तक विमाेचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ पुष २०७७, बुधबार २१:५५
1.08k
Shares
विराटनगर / पत्रकार नारायण राईद्वारा लेखन गरेको ‘किरात राई समुदायको प्रथाजनित कानुन’ नामक पुस्तक विमोचन गरिएको छ ।

विराटनगर ११ स्थित साकेला थानमा आज उक्त पुस्तक विमोचन गरिएको हो । किरात राई समुदायको प्रथाजनित कानुन नामक पुस्तकको विमोचन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र धरान उपमहानगरपालिका प्रमुख तिलक राईले गरेका थिए ।१ सय ४५ पेज रहेको उक्त पुस्तकमा किरात राईहरूको लोप हुँदै गएको प्रथाजनित कानुनहरू समावेश गरिएको छ ।                                                                                                                                                पत्रकार राईले गाउँबस्तीहरुमा सिमित रहिरहेका किरात राई समुदायको प्रथाजनित कानुनहरुलाई अध्ययन गरी दस्ताबेजीकरण गरेर पुस्तकको रुपमा प्रकाशन गरेको बताए ।

यस पुस्तकबाट किरात राईहरुको र समग्र किराती समुदायको मौलिक संस्कार, संस्कृति परम्परागत प्रथाजन्य कानुनहरुलाई संरक्षण र विकास गर्ने कार्यमा कोशेढुङ्गा साविक हुने बताइएको छ । पत्रकार राईले लामो समयपछि गहन अनुसन्धान गरि उक्त पुस्तक लेखेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर