विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताएका छन् ।
किराँत राई यायोक्खा महानगर समितिद्वारा उद्यौली पर्वको उपलक्ष्यमा विराटनगर–११ स्थित किरात राई यायोक्खा सामूहिक चुल्लो भवन( खिम)को आज उद्घाटन गर्दै मूख्यमन्त्री राईले जनतामा सङ्घीय र प्रदेशमा रहेको स्थिर सरकारको अन्यौता सम्वन्धी निरासा केही समयभित्र सकारात्मक दिशा लिनुका साथै विकास र समृद्ध कार्य द्रुत रुपमा अगाडि वढ्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राईले हाम्रो संविधानले सवै जात जातिका सम्पन्थमा स्पष्ट पहिचान तोकको छ भन्दै सङ्घीयतामा मुलुकमा सवै क्षेत्रमा वसोवास गर्ने नेपालीहरुको हक अधिकारी स्थापित गरेको बताए । उनले सङ्घीयतामा विकासको पहुँच जनतासम्म्म पुग्छ भन्ने उदाहरण वर्तमान भवन निर्माणबाट देखिएको चर्चा गर्दै सडक, अध्यारोमुक्त घर, रोजगारी, जेष्ठ नागरिक सम्मान बालबालिकको अधिकार संरक्षण,गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नागरिकको सहज र सरल पहुँच सङ्घीयतामा सम्भव रहेका बताए ।
मुख्यमन्त्री राईले लोकतन्त्रमा हामीले हाम्रो भाषा,धर्म र संस्कृति संरक्षणको संगठित रुपमा कार्य गर्नुपर्ने बताउँदै अन्यथा नेपालीेको पहिचान हराउने धारणा व्यक्त गरे । किराँत जातीको परम्परागत मुल्य मान्यता र धर्म संस्कृतिलाई जीवन्त राख्न तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न सामुहिक चुल्होले महत्वपुर्ण भुमिका निर्वाह गर्ने मुख्यमन्त्री राईले बताए ।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले चुल्ला हाम्रो मौलिक परम्परा हो भन्दै आफ्नो थलो छोडेर आएकाहरुको व्यवहारिक समस्या सामुहिक रुपमा समाधान भएको बताए ।
साकेला नाच नाच्दै मुख्यमन्त्री राई । तस्वीर : पुष्पराज थपलिया
महानगर समितिका अध्यक्ष विष्णुकुमारी राईको सभापतित्वमा भएको उक्त उद्घाटन समारोहमा वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, सामाजिक अभियन्ता वसिम आलम र आदिवासी जनजाति महासंघ मोरङ अध्यक्ष दिलवहादुर थेवेलगायतले सरकारले सवै जातजातिको धर्म, सस्कृतिको सम्मान एवं संरक्षण गर्नु पर्नेमा जोड दिए ।
विराटनगर –११ स्थित तीन कठ्ठा १५ धुर जग्गामा दुई तल्लो भवनमा एक सामूहिक चुल्हो (खिम),दुई सभा हल लगायत पाँच बटा कोठा रहेका छन् । भवन निमार्णका लागी संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ लाख, प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले ६० लाख र प्रदेश १ को उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० लाख तथा अन्य दाताहरुको गरी १ करोड १० लाखमा भवन निर्माण कार्य सम्पन्न गरिएको हो ।
सोही अवसरमा ४० लाख मूल्य बरावरको एक कठ्ठा जग्गा निशुल्क उपलव्ध गराउने मेजर मानवहादुर राईलगायत अन्य दातालाई मुख्यमन्त्री राईले सम्मान पत्रद्वारा सम्मान गरे ।
मुख्यमन्त्री राईले सञ्चारकर्मी नारायणभक्त राईद्वारा लिखित किरात राई समुदायको प्रथाजनित कानुन पुस्तकको समेत विमोचन समेत गरे । पर्व र भवन उद्घाटन कार्यक्रममा धाननाचसमेत प्रस्तुत गरिएको थियो । मुख्यमन्त्री राईसमेत नाचमा सहभागी भएका थिए । तस्वीरहरु पुष्पराज थपलिया