खबर पूर्वाञ्चल
मेचीनगर नगरपालिका –९ का ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या भएको आशंकामा ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसान पक्राउ परेका हुन् ।
पौष ०३ गते आफ्नै घर अगाडी मृत फेला परेका गौतमको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले गौतमको शरिरमा बिभिन्न निल डाम तथा चोटपटक रहेको देखि गम्भिर रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका उनीहरुलाई पक्राउ गर्न सफल भएको हो भने पक्राउ परेका दुबै जनाले घटनामा आफ्नो संग्लग्नता रहेको साबिती बयान दिएसंगै उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै उनीहरुले घटना घटाउन प्रयोग गरेको फलामको रिम र घटना भएको समयमा उनीहरुले लगाएका कपडा समेत बरामद गरेको झापा प्रहरीले जनाएको छ ।