AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्पार्क पाँच वर्षमा, निःशुल्क स्वास्थ्य शिविर र रक्तदान गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ पुष २०७७, मंगलवार १७:०७
315
Shares
विराटनगर/ विराटनगरस्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल पाँच वर्षमा प्रवेश गरेको छ ।

विराटनगरमा विगत ४ वर्षदेखि फिजियोथेरापी र प्राकृतिक चिकित्साको क्षेत्रमा बिरामीहरुलाई सेवा प्रदान गर्दै आएको उक्त हस्पिटलले पाँचौ वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गर्ने भएको हो ।

पाँचौं वर्ष प्रवेशको अवसरमा दुई दिवसीय निःशुल्क हाडजोर्नी तथा नशा शिविर र रक्तदान कार्यक्रम आयोजना गर्ने हस्पिटलका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिए । पुस ९ र १० गते अस्पताल परीसरमा स्वास्थ्य शिविर हुने उनले बताए । २ दिवसीय शिविरमा दैनिक ५० जना विरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिनेछ ।

‘कोभिड १९ ले गर्दा स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै विरामीको स्वास्थ्य परीक्षण हुनेछ,’ अस्पतालका अध्यक्ष अधिकारीले भने, ‘शिवरमा आउने विरामीले अग्रिम नाम दर्ता अनिवार्य गराउनुपर्नेछ ।’ दुई दिनसम्म संचालन हुने शिविरमा विभिन्न हाडजोर्नी, नशाका बिरामी, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, हाड खिइने समस्या नशा च्यापिएको, प्यारालाइसिस (लकवा) वाथ आदि समस्याको निःशुल्क जाँच तथा परामर्श गरिने छ । शिविरमा आवश्यक औषधि निःशुल्क उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

‘शिविरमा आएका विरामीहरूलाई विशेषज्ञ चिकित्सकले परीक्षण गर्नेछ,’ अध्यक्ष अधिकारीले भने । दुर्गम तथा ६० वर्ष माथिका बिरामीहरुलाई उपचार सेवामा विशेष छुटको व्यवस्थ गरिएको छ । शिविरको अन्तिम दिन पुस १० गते रक्तदान हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर