खबर पूर्वाञ्चल

प्रहरी निरिक्षक थापाका अनुसार चिसोमा घुर ताप्न बालिएको आगो मध्यरातमा घरमा सल्किएको थियो । सुतिरहेको अवस्थामा घरमा फैलिएको आगोमा परी बालकको मृत्यु भएको उनले बताए । ‘राति ताप्न बालेको घुर ननिभाई सुतेका कारण घरमा सल्किएको देखिन्छ ।’ उनले भने ‘सुतेकै क्रममा १४ वर्षीय बालक रविनको मृत्यु भयो ।
जस्तापातो लगाएको पुसको घर भएको दास परिवार १० बजे राती सुतेको दुई घण्टापछि घरको चारैतिबाट आलो लागेको राजेशले बताए । कान्छो छोरा र छोरीलाई उठाएर बाहिर लगेपनि जेठा छोरालाई बचाउन नसकेको उनले बताए ।
‘छिमेकीको घरमा विवाह गएर राती स–परिवार घरको एउटै कोठामा सुतेका थियौ,’ राजेशले सुनाए, ‘दुवै छोरा र श्रीमती सुती हाले । म मोवाइलमा फिलिम हेर्दै ढलकिएको थिए । राती साढे १२ बज्न लागेको थियो । घरको बाहिर चारै तिर एक्कासि आगो सल्कियो ।’
श्रीमती, कान्छा छोरा र जेठी छोरीलाई बाहिर निकाल्न सफल भएपनि जेठा छोरालाई निकाल्न नसकेको उनले बताए । ‘चारै तिर ओगोलागेको सल्केपछि दुई घण्टामा मात्र नियन्त्रणमा आयो,’ उनले भने, ‘राती साढे १२ बजे लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आउन ३ बजेको थियो ।’ आगोलागेर चौपाय, खाद्यान्य, लत्तापकडा र नगद पनि जलेर नष्ट भएको उनले बताए ।
‘राजमिस्त्री काम गरेर किनेको नयाँ मोवाइल र नगद १६ हजार रुपैयाँ घर खर्चको लागि राखेको थिए,’ उनले भने, ‘भएको पैसाँ र छाक टार्ने खाद्यन्य र लत्ता कपडा जलेर खरानी भयो ।’
घाइते भएका कान्छा छोराको रविको बढी चोट लागेको छ । उनको अनुहार जलेको छ । आमा इन्दुदेवीको हातको पाखुरा र जीउमा चोट लागेको छ । विराटनगरस्थिते कोशी अस्पतालमा उपचार पछि अहिले घरमा ल्याएको छ ।