AArya
RUMPUM
animated ellipse animated ellipse

औषधी व्यवसायी संघ मोरङको उपसमिति गठन, संयोजकमा धिमाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ पुष २०७७, बुधबार १६:४७
567
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले उपसमिति गठन गरेको छ । व्यवसायीहरूमा आइपर्ने समस्याको सावधान गर्ने र मर्यादित तथा व्यवस्थित रूपमा औषधी व्यवसाय संचालन गर्ने उद्देश्यले मोरङका तीन वटा स्थानिय तहलाई समेटेर उर्लाबारीमा उपसमिति गठन गरेको हो ।

उर्लाबारी, मधुमल्ला, इटहरा र मंगलबारेका औषधी व्यवसायीहरूकोे भेलाले उपसमितिको संयोजकमा देबेन्द्र धिमाल चयन भएका छन् । धिमालको संयोजत्वमा सात सदस्य समिति सर्वसम्मत रूपमा गठन भएको हो । समितिको उपसंयोजक दिल्लीप्रसाद दाहाल रहेका छन् । उपसमितिको अन्य सदस्यहरूमा लक्ष्मीकुमारी आचार्य, दिनेश भट्टराई, पशुराम बस्नेत, लोलिम लिम्बु र राम तिम्सिना रहेका छन् ।

नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाको नेतृत्वमा गएको पदाधिकारीहरूले पूर्वी क्षेत्रको तीन वटा स्थानिय तहको विभिन्न ठाउँमा रहेका व्यवसायीहरूलाई समेटर उपसमिति बनाएको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष तिम्सिनाले औषधी व्यवसायमा देखिएको बिकृती बिसंगतीहरूको अत्य गरि मर्यादित व्यवसाय संचालन गरिनुपर्नेमा जोड दिए । संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले विराटनगर बाहेक नेपाल औषधी व्यवसायी संघ मोरङको पाँच वटा उपसमिति गठन हुने जानकारी दिए ।

मोरङको पूर्व क्षेत्रको तीन वटा स्थानिय तहमा रहका औषधी व्यवसायीहरूलाई समेटर उर्लाबारीमा संघको पहिलो पटक उपसमिति गठन भएकोले आउँदा दिनमा अन्य क्षेत्रमा पनि क्रमश उपसमिति बन्दै जाने ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर