AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना उपचारको लागि बनेको ‘नागरिक केयर सेन्टर’ को ९० प्रतिशत निर्माण कार्य पुरा, १० दिन भित्र सञ्चालनमा आउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ मंसिर २०७७, आईतवार १८:५२
648
Shares
विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कोरोना संक्रमितको उपचारका लागि सुविधा सम्पन्न बन्दै गरेको नागरिक केयर सेन्टर विराटनगरको अनुगमन गरेका छन् । आज सेन्टरका पदाधिकारी सहितको टोलिले उक्त क्षेत्रको अनुगमन गरेको हो ।

सेन्टरको प्रमुख सल्लाहकार समेत रहेका कोइरालाले १ सय ८ वेडको केयर सेन्टरले पूर्णता पाउन लागेको भन्दै खुशी व्यक्त गरे । केयर सेन्टरका लागि चाहिने आवश्यक पूर्वाधार जुटाउन थप गृहकार्य गरिने बताए ।

नागरिक केयर सेन्टर’ निर्माण कार्य करिव ९० प्रतिशत पुरा भएको छ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको नागरिक समाजको संयुक्त पहलमा कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरको परिसरमा निर्माण शुरु गरिएको ‘सेन्टर’मा संक्रमितहरुलाई उपचार गर्न १ सय ८ बेडको एचडिओ र अक्सिजन सहितको सेन्टर (अस्पताल) आगामी १० दिन भित्र सञ्चालनमा आउने भएको छ ।

प्रदेश सरकार, विराटनगर महानगरपालिका र नागरिक समाजको तीन करोड लगानीमा सञ्चालनमा आउने उक्त सेन्टरमा अन्य कार्य पुरा भई स्वास्थ्य उपकरणको कार्य मात्र बाँकी रहेको छ । सुविधा सम्पन्न एचडिओ, अक्सिजन र एयरकण्डिशनसहितको वेडको सेन्टर निर्माण कार्य केही दिनभित्र सम्पन्न भई प्रदेश सरकारलाई हस्तान्तण गरिने नागरिक समाजकाका संयोजक एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले जानकारी दिए ।

प्रदेशका लक्षण सहितका कोरोना संक्रमितहरुलाई उपचारका लागि सेन्टरमा राखिने राखिने छ । केन्द्रीय सदस्य डा. कोइरालाले सञ्चारकर्मीहरुसंग कुरा गर्दै पाखुरामा कोरोना विरुद्धको खोप दुई पटक नलगाएसम्म कोराना महामारी अन्त्य नहुने बताउँदै अस्पतालमा उपचार पूर्व सेन्टरमा संक्रमितहरुको उपचार कार्यमा सहज पुग्ने बताए । उनले निजी क्षेत्रले बनाएको सेन्टर सञ्चालनमा सरकारले आवश्यक स्वास्थ्य जनशक्ति उपलव्ध गराई सञ्चालन गर्नुपर्ने जिम्मेबारी रहेको धारणा राख्दै सरकारले कोरोना खोप चाँडो भन्दा चाँडो ल्याइ अङ्पङ्तिमा खट्ने स्वास्थ्यकर्मी लगायत अन्य लगाउनु आग्रह गरे ।

केन्द्रीय सदस्य डा. कोइरालाले सेन्टरलाई कोरोना महामारी अन्त्यसंगै स्वास्थ्य सम्वन्धी उपचार कार्यका लागि प्रयोग लागि जोड दिदै सेन्टरलाई चाहिने आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको अक्सिजनको अभावका कारण अकाल मृत्युलाई न्यूनियनकरण सहयोग पु¥याउन नागरिक समाजको पहलमा निर्माण भएको सेन्टरबाट गरीव विपन्न वर्गको उपचारमा सहज पहुंच पुग्ने बताए । उनले नेता कोइरालाको परिचालनबाट निजी क्षेत्र लगायतका प्रदेश सरकारले जनतालाई सहज उपचार पु¥याउन सेन्टर स्थापना गर्न सकिएको बताए ।

नागरिक समाजका अर्थ संयोजक एवं मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुले जनताको उपचारका लागि स्थापित सेन्टर निर्माणका लागि लागि स्वफूर्त रुपमा सवैबाट सहयोग प्राप्त भएको र अर्थ सङकलनमा कुनै समस्या नहुनुका साथै थप सहयोग आउने क्रम जारी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर