AArya
RUMPUM
animated ellipse animated ellipse

१७ बर्षीय सुजन हत्याको आरोपमा एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ मंसिर २०७७, सोमबार १८:३९
675
Shares
सुनसरी / सुनसरीको दुहवी नगरपालिका–२ का १७ बर्षीय सुजननारायण चौधरी हत्याको ओरोपमा एक जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा सोहि स्थानका २० बर्षीय सुमन झालाई रहेका छन् । पक्राउ परेका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले मारेको र शवलाई घारीमा फालेको भन्ने बयान दिए संगै घटनास्थलमा पुगेको प्रहरी टोलीले चौधरीलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

आज बिहान युवकको शव दुहवी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा फेला परेको थियो । शव भेटिएको स्थानबाट मृतक र हत्या आरोपीको घर नजिकै छ । मृतक युवक १० मंसिर यता बेपत्ता थिए ।

युवक सम्पर्क विहीन भएकै दिन हत्या भएको देखिएको प्रहरी उपरीक्षक थापाले बताए । ‘बेलुका आमाले फोन गर्दा मृतकले नजिकै छु । केही समयपछि आउँछु भनेको देखिन्छ,’ उनले भने, ‘तर ८ बजेपछि फोन गर्दा तेरो छोरा मेरो कब्जामा छ भनेको देखिन्छ ।’

हत्यापछि घर आएका युवकले भोलिपल्ट बिहान आफूले अपहरण गरेको भन्दै म्यासेज पठाएका थिए । ‘घटनालाई डाइभर्ट गर्न अपहरण गरेको म्यासेज पठाएको देखिन्छ,’ प्रहरी उपरीक्षक थापाले भने, ‘हत्यापछि मृतकको मोबाइल लिएर आरोपी घर गएका थिए ।’

बुधबारबाट छोरा बेपत्ता भएपछि बुबा सुरेन्द्रनारायणले बिहीबार छोरा खोजिदिन भन्दै इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिएका थिए । लगत्तै अुनसन्धान सुरु गरेको प्रहरीले आइतबार राति झालाई पक्राउ गरेको थियो । पक्राउ परेका झाले आफूलाई होच्याएका कारण हत्या गरेको बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर