AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज १ सय ७६ को पीसीआर परीक्षण गर्दा थपिए ५६ जनामा कोरोना संक्रमित, ७ सय ४० डिस्चार्ज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०७७, मंगलवार १७:२०
558
Shares
विराटनगर / प्रदेश १ मा आज १ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ५६ जना कोरोना संक्रमित थपिएका छन् भने ७ सय ४० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

होम आईसोलेसनबाट ७ सय ३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६८ पुगेको छ ।

थपिएका ५६ जना संक्रमित मभये मोरङमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १–१, सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १–१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर