AArya
RUMPUM
animated ellipse animated ellipse

कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचारमा सरकारको प्रभावकारी कायगरेको मुख्यमन्त्री राई भनाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ आश्विन २०७७, बुधबार १८:५९
306
Shares
विराटनगर / प्रदेश १ सरकारको पाँच वर्षे कायकलको आधा अवधि पुरा गरेको अवसरमा आज मध्यावधि समीक्षा सार्वजनिक पुस्तक सार्वजनिक गरिएको छ ।

प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलव्धिलाई जनता समक्ष प्रस्टसंग राख्न छिटो, स्पष्ट र मीठो रुपमा वुझन का लागि समीक्षा पुस्तक तथा सूचनाचित्रको आज यहाँ सार्वजनिक गरिएको छ ।

प्रदेश योजना आयोगद्वारा तयार गरिएको आर्थिक वर्ष ०७४÷७५ र ०७५÷७६ मध्यावधि समीक्षा पुस्तकको आज विराटनगरमा सार्वजनिक गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारप्रति जनताको आकर्षण रहेको बताए । उनले सरकारले तराई, पहाड र हिमालका जनताको विश्वास स्थापित गरेको बताउँदै उनीहरुको विकासप्रतिको आकाँक्षा पुरा गर्ने कार्यले आगाडि वढिरहेको धारणा व्यक्त गरे ।

प्रदेश सरकार गठन भएको मध्यावधि अवस्थामा प्रशासनीक, कानूनी ऐन, संरचना , महत्वपूर्ण निकायहरु लगानी वोर्ड, प्रदेश योजना आयोग र प्रदेश लोक सेवा निर्माण गरेको बताए । उनले सीमित श्रोत र साधनका बावजूत विकास निर्माणको कार्य गर्नु परिरहेको चर्चा गर्दै जनताले आफ्नै घर आँगनमा विकास देख्दा उत्साह छाएको बताए ।

मुख्यमन्त्री राईले यस क्षेत्रको आर्थिक विकास र रोजगारी उपलव्ध गराउन छिट्टै परियोजना वैंक तयार गर्न निर्देशन दिएको जानकारी दिदै कोरोना भाइरसको महामारी कम भएपछि स्वदेश तथा विदेशी लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन गर्ने जानकारी दिए । उनले कोभिड–१९ ले प्रदेशको आर्थिक रुपमा मुहान सुकाएको चर्चा गर्दै कोरोना महामारीलाई रोकथाम, नियन्त्रण र उपचारमा सरकार प्रभावकारीरुपमा कार्य गरिरहेको धारणा राखे ।
मुख्यमन्त्री राईले विराटनगर विमानस्थको धावन मार्ग तीन हजार मिटर बनाउन सङ्घीय सरकारसंगको भएको संझौताले यस क्षेत्रमा विदेशी पर्यटक आगमन वृद्धि हुने विश्वास व्यक्त गर्दै बजेट खर्च गर्ने हिसावले तथ्याङक सूचक आधारमा प्रदेश उत्कृष्ट रहेको बताए ।

उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आत्मसात गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्ने लक्ष्य प्राप्त गर्न सरकारले कार्य गरिरहेको र यसका लागि सवैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले मध्यावधि समीक्षामा देखिएका कमीकमजोरी सच्चाउनका साथै नयाँ सोचका साथ काम अगाडि वढाउन प्रदेशका १ सय ३७ पालिका र १४ जिल्ला समन्वय समितिहरुलाई आवश्यक टिप्पणीको लागि आव्हान समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर