AArya
RUMPUM
animated ellipse animated ellipse

शिशु स्याहारका लागि ‘सुसार’ कार्यक्रम सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ आश्विन २०७७, सोमबार १८:४९
252
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा गुणस्तरीय शिशु स्याहारका लागि ‘सुसार’ कार्यक्रम सुरु भएको छ । मातृ तथा नव जात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन ‘सुसार’ कार्यक्रम आजरदेखि सुरु भएको हो ।

गुणस्तरीय सेवा सुधारअन्तर्गत अस्पतालको विद्यमान मातृ तथा शिशु स्याहार सेवालाई ज्ञान सीप तथा प्रविधिहरु प्रयोगमा ल्याई नवजात शिशुको मृत्युदरमा कमी ल्याउने उद्देश्यले कार्यक्रम सुरू गरिएको सञ्चार विज्ञ सिर्जना शर्माले जानकारी दिइन् । उनका अनुसार अस्पताल अन्तर्गतका मातृ तथा नव जात शिशु स्याहार वडाहरुमा गुणस्तर सुधारका लागि चाहिने सीप र प्रविधिलाई प्रयोगमा ल्याई प्रसूति समयको जटिलतालाई गुणस्तरीय व्यवस्थापन गर्न कार्यक्रमले सहयोग पु¥याउने बताइन् ।

सुसार कार्यक्रम प्रदेश १ को कोशी अस्पतालमा मात्र कार्यक्रम शुभारम्भ भएको गोल्डेन कम्युनिटीका कार्यक्रम प्रबन्धक रेजीना गुरूङले बताइन् । ‘प्रारम्भिक चरणमा यो कार्यक्रम दुई वर्षको लागि संचालनमा आएको छ,’ उनले भनिन्, ‘नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन र माृत शिशुको मृत्युदर घटना ठूलो सहयोग पु¥याउँछ ।’

प्रसूति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमै उचित निर्णय लिन सुसार कार्यक्रमले स्वास्थ्यकर्मीलाई सशक्त बनाउने उनको भनाई छ । नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मन्छन् । तीमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन् भने करिब १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्छन् । करिब १७ प्रतिशत शिशु जन्मेको पहिलो घन्टामा, ५७ प्रतिशत शिशु जन्मेको पहिलो दिनमा र ७९ प्रतिशत जन्मेको पहिलो हप्तामा मर्ने गर्छन् । नवजात शिशु मृत्युको कारणमध्ये महिना नपुगी जन्मनु (३१ प्रतिशत) जन्मनासाथ श्वास फेर्न नसक्नु (२३ प्रतिशत) तथा संक्रमण हुनु (१९ प्रतिशत) प्रमुख रहेको संस्थाले जनाएको छ ।

सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्ममा १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य अघि सारेकोे छ ।

कार्यक्रमले प्रसूति सेवालाई प्रभावकारी ढंगले निगरानी गर्न, सेवा प्रदान गर्न तथा समयमा नै उचित निर्णय लिन स्वास्थ्यकर्मीलाई सशक्त बनाउने कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारयण यादवले बताए ।

कार्यक्रमले गुणस्तरीय सेवा सुधारमा अस्पतालमा थप सुधारका लागि सहयोगी बन्ने उनले बताए । कोशी अस्पतालमा गत वर्ष ८ हजार २ सय २२ जनाको प्रसूती भएको मध्ये १ सय १ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुसार कार्यक्रम ७ प्रदेशका ८ वटा सरकारी अस्पतालमा सञ्चालन भइरहेको छ । कोशी अस्पतालसहित जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती अस्पताल र डडेलधुरा अस्पतालमा यो कार्यक्रम संचालन भइरहेको गोल्डेन कम्युनिटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर