AArya
RUMPUM
animated ellipse animated ellipse

पछिल्लो २४ घण्टामा प्रदेश १ मा एकै दिन ५ जनाको मृत्यु, मृतकको संख्या ७६ पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ आश्विन २०७७, बिहीबार १९:३१
504
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ५ जनाको मृत्यु भएको छ । प्रदेश १ मा एकै दिन अहिलेसम्मकै एकै दिन ५ जनाको मृत्यु भएको पहिलो पटक हो ।

सुनसरीका २ पुरुष, मोरङकी १ महिला तथा प्रदेश २ धनुषाको एक बालक र प्रदेश २ कै सप्तरीका एक पुरुषको मृत्यु भएको हो ।

प्रदेश १ मा मृत्यु हुनेको संख्या ७६ पुगेको छ । जसमध्ये १६ जना प्रदेश १ बाहिरको रहेका छन भने प्रदेश १ का ६० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङ कारागारमा रहेका सुनसरीको इटहरी घर भएका २७ वर्षीय बन्दीको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई स्वास्थ्यममा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बुधबार राति मृत्यु भएको थियो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेर परीक्षण गर्दा आज बिहान पोजेटिभ रिपोर्ट आएको कोशी अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारायण यादवले जानकारी दिए ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राती इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको अस्पताल भर्ना गरिएको १५ मिनेटमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार अत्याधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका उनलाई मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजले रेफर गरेको थियो । राति ९ः३० बजेतिर प्रतिष्ठानमा भर्ना गरिएका उनको ९ः४५ बजे मृत्यु भएको हो ।

मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पनि पुरोना समस्या नरहेको परिवारले जनाएको छ । उनमा बुधबार नै कोरोना पोजेटिभ देखिएको थियो ।

मोरङको उर्लाबारी नगरपालिका – २ कि ८४ वर्षीया कोरोना संक्रमित बृद्धाको घरमै मृत्यु भएको हो । बृद्धालाई दुई दिनअघि विराटनगरस्थित विराट मेडिकल कलेजबाट थप उपचार हुन नसक्ने भएपछि घर ल्याईएको थियो । अस्पतालमै पिसिआर परीक्षण गर्दा बृद्धमा कोरोना पोजेटिभ भेटिएको थियो । बृद्धालाई होम आईसोलेसनमा राखिएको थियो भने उनका परिवार होम क्वारेन्टाईमा बस्दै आएका छन् ।

बृद्धाको शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्ने उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सुरेश खड्काले जानकारी दिए ।

विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत सप्तरी घर भएका कोरोना भाइरस संक्रमित पुरुषको बिहीबार मृत्यु भएको छ ।

पोजोटिभ रिपोर्ट आएपछि आइसोलेसनमा भर्ना गर्ने तयारी भइहरेको बेला उनको मृत्यु भएको कलेजले जनाएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सप्तरीको विसनपुर–५ घर भएका ६७ वर्षीय पुरुषको बिहीबार दिउँसो १ः५० बजे मृत्यु भएको हो । विराटनगरकै म्याक्स अस्पतालबाट रेफर भएर बुधबार साँझ नोबेलको आकस्मिक कक्षाको आईसीयूमा भर्ना गएिका उनको स्वाब परीक्षण गर्दा कोरोना देखिएको थियो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएसँगै म्याक्सले नोबेलमा रेफर गरेका उनको नोबेलले स्वाब संकलन गरेर आफ्नै प्रयोगशालामा पीसीआर परीक्षण गरेको थियो । दिउँसो १ः४५ बजे उनको पोजेटिभ आएकोकोमा ५ मिनेटपछि मृत्यु भएको हो ।

वृद्धमा मधुमेह, उच्च रक्तचाप र मृगौलाको पुरानो समस्या रहेको परिवारले अस्पताललाई जानकराी दिएका छन् । योसँगै गएको २४ घण्टामा प्रदेश १ मा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ भने प्रदेशमा मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत ६ वर्षीय कोरोना संक्रमित बालकको मृत्यु भएको छ ।

असोज ८ गते कोरोना पुष्टि भएका धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ६ वर्षीय बालकको आज अपरान्ह साढे ४ बजे मृत्यु भएको हो ।

बालकलाई असोज ९ गते विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको कलेजले जनाएको छ ।

अत्याधिक ज्वरोका कारण असोज पहिलो साता विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा भर्ना गरिएका बालकलाई कोरोना देखिएपछि विराटको आइसोलेसनमा राखिएको थियो । बालकलाई मेनेन्जाइटिस भएर अस्पताल भर्ना भएको बताइएको छ ।

यसैबीच आइसोलेशन चार्जबाहेक औषधि र अन्य शुल्क करिब तीन लाख रुपैयाँ उठेकोमा बालकको परिवारको आर्थिक अवस्था कमजोर रहेको बुझेपछि सबै मिनाहा गरिएको मेडिकल कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर