AArya
RUMPUM
animated ellipse animated ellipse

लागुऔषध सहित ८ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ आश्विन २०७७, बिहीबार १७:३६
234
Shares
उदयपुर / उदयपुरमा लागुऔषध सहित ८ जना पक्राउ परेका छन । उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित फत्तेपुरबाट ६ जना र त्रियुगा–६ लालपत्ताबाट २ जनालाई प्रहरलिे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रियुगा–१२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन बिश्वकर्मा, बर्ष २० कै सागर पौडेल, २२ बर्षीय शिब अधिकारी, २२ बर्षकै विशाल मगर र २४ बर्षीय दिलिप घिमिरे रहेका छन् । विशेष सुराकका आधारमा आज बिहान जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ फत्तेपुरबाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा पश्चात उनीहरु माथी चेकजाँच गर्दा फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल गरी १ सय ५ एम्पुल लागुऔष फेला पारी बरामद गरेको हो । यसै गरी उनीहरुले प्रयोग गर्ने स १ प ३२२४ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।

यस्तै त्रियुगा–६ लालपत्ताबाट सप्तरी कृष्ण सबरमका ३१ बर्षीय प्रबेश मिया र २६ बर्षीया हजारुम खातुनलाई समेत प्रहरीले पक्राउ गरेको छ । प्रकाउ पर्ने दवैजना श्रीमान श्रीमती रहेको खुल्न आएको छ । प्रहरीले उनीहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी १ सय ८० एम्पुल लागुऔषध फेला पारी बरामद गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका आठै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उदयपुर प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर