AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना विराटनगरबाट पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ आश्विन २०७७, मंगलवार १७:२१
648
Shares
विराटनगर / नेपाल टेलीकमको तार चोरी गर्ने ४ जना विराटनगर ४ स्थित जामुनगाछीबाट पक्राउ परेका छन् ।

असोज १ गते विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलीकमको तार चोरी भएको उजुरीसंगै खोजी कार्य गर्ने क्रममा विराटनगर ६ का २१ बर्षीय विजय सहनी, १८ बर्षीय राज सहनी, २१ बर्षीय रविन सहनी र १९ बर्षीय सुमित सहनी पक्राउ परेका हुन् ।

खोजतलासकै क्रममा हिजो राती ०८ बजे जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । साथै उनीहरुले चोरी गरी लगेको नेपाल टेलीकमको १५० पेयरको २२० मिटर केवल तार समेत फेला पारी बरामद गरिएको छ । यसै गरी उनीहरुले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यमाहा मोटरसाईकल समेत नियन्त्रणमा लिईएको मोरण् प्रहरलिे जनाएको छ ।

यसरी चोरीएका सामानसहित पक्राउ परेका चारै जना उपर चोरी ऐन अन्तर्गत कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर