खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका– ६ का ६६ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि बुधबार राति ११ बजेतिर अस्पताल भर्ना भएका उनको एक घण्टापछि मृत्यु भएको थियो । मृत्युपश्चात स्वाब संकलन गरेर जाँच गर्दा आज बिहान पोजेटिभ रिपोर्ट आएको अस्पतालका आइसोलेसन इञ्चार्ज डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।
ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्नले ती पुरुषलाई लाइफगार्ड अस्पताल विराटनगर हुँदै कोशी र्पुयाएका थिए । लाईफगार्ड अस्पतालले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई कोशी अस्पताल पठाएको थियो ।