AArya
RUMPUM
animated ellipse animated ellipse

एमाले विराटनगर ८ द्धारा २३ घरलाई निर्मलीकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ जेष्ठ २०७८, शनिबार २०:०२
765
Shares
विराटनगर/नेकपा एमाले विराटनगर ८ ले आज करिव दुई दर्जन घरमा निर्मलीकरण गरेको छ ।

कोरोना संक्रमण भएर होमआईसोलेसनमा रहेकाहरुको घरमा निर्मलीकरण गरिएको वडाकमिटी अध्यक्ष राम पोखरेलले बताए । उनका अनुसार कोरोना संक्रमण भएका मृत्यु भएका २ व्यक्तिहरुको घर सहित २३ वटा घरलाई निर्मलीकरण गरिएको हो । वडाकमिटी सदस्यहरु भुवन राजवंशी, सविन कामत, सिताराम राजवंशी सहितको टोली अभियानमा सक्रिय रहेको अध्यक्ष पोखरेलले बताए ।

यसअघि एमाले विराटनगर ८ ले वडावासीलाई स्वास्थ्य सामाग्री, होमआईसोलेसनमा बसेकाहरुलाई आयुर्वेदिक औषधि वितरणको काम गरिएको अध्यक्ष पोखरेलले बताए । कोरोनाको नयाँ भेरिएन्टका संक्रमित बढेसँगै वडाकमिटीले वडावासीको समस्यालाई मध्यनजर गरेर काम गर्दै आएका उनले बताए ।
अध्यक्ष पोखरलले वडावासीमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पालाना गर्न पनि आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर