खबर पूर्वाञ्चल
कोरोना संक्रमण भई होम आईसोलेसनमा रहेका घरहरुको निर्मलीकरण गरिएको वडाकमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिए ।
वडा कमिटीले दोस्रो चरणको अभियान अन्र्तगत होम आईसोलेसनमा रहेकाहरु र संक्रमितको सम्पर्कमा रहेका घरपरिवारका सदस्यहलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अध्यक्ष पोखरेलले बताए । उनले अत्यधिक भिडभाड हुने चोक, बालगोपाल मार्ग, अमर टोल, राजवंशी टोलका घरहरु निर्मलीकरण गरिएको हो । वडा कमिटीले यसअघि १७ वटा घरको निर्मलीकरण गरेको थियो ।