AArya
RUMPUM
animated ellipse animated ellipse

भारत कटाउन लागेको अवस्थामा १४ किलो गाँजा बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०७७, शनिबार १४:४८
936
Shares
विराटनगर / प्रहरीले मोरङको जहदाबाट आज १४ किलो गाँजा बरामद गरेको छ । भारततिर कटाउन लागेको अवस्थामा इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषध गाँजा बरामद गरेको हो ।

नेपाली र भारतीय नम्बर प्लेटका दुईवटा मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा जहदा गाउँपालिका–३ हात्तीबन्दाबाट गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । गाँजा ओसारपसारमा संलग्न भने प्रहरी आएको देखेपछि मोटरसाइकल र गाँजा त्यहीँ छाडेर खेतैखेत भागेको प्रहरी निरीक्षक थापाले बताए । झोलामा प्याक गरेर दुईवटा मोटरसाइकलमा हालेर लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको हो ।

प्रहरीले गाँजा भारत कटाउन प्रयोग गरिएको को १८ प २६१९ नेपाली र बीआर ३८ आर ९४४० नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोटरसाइकलका आधारमा गाँजा तस्करीमा संलग्नको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर