AArya
RUMPUM
animated ellipse animated ellipse

कोशीको आइसोलेशनमा मृत्यु भएको पुरुषको रिर्पोट नेगेटिभ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ भाद्र २०७७, शुक्रबार १९:२४
1.06k
Shares
विराटनगर/ विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा मृत्यु भएका एक जना बेवारिसे पुरूषको पिसिआर रिपोट नेगेटिभ आएको छ ।

धनकुटाको भेरीगाउँपालिका ३ घर बताउने ५० वर्षिय लाक्पा शर्माको कोशी अस्पतालको आइसोलेशनमा आज बिहान मृत्यु भएको थियो ।

ज्वरो, खोकी र छाती दुखेको विरामीको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालले स्वाब संकलन गरि प्रदेश जनस्वास्थ्य ल्याबमा परीक्षण गर्न पठाएको थियो । शुक्रबार साझ आएको रिपोट अनुसार मृतकको रिपोट नेगेटिभ आएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । कारोना परीक्षण रिपोट नेगेटिभ आएपछि मृतकका आफन्तको खोजी गरि शव जिम्मा लगाउन प्रहरीलाई आग्रह गरिएको मेसु दासले बताए ।

मृतक पथरी बजारमा लामो समयदेखि बेवारिसे भइ हिडडुल गर्दै आएका थिए । विरामी भएपछि शर्मालाई स्थानिय प्रहरीले उद्धार गरि अस्पताल पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर