खबर पूर्वाञ्चल
थपिएका संक्रमितहरु ५ देखि ६३ वर्षका रहेका छन् । उनीहरूको २७ र २८ गते स्वाब संकलन भएको थियो । संक्रमित मध्ये २४ जना पुरुष र १९ जना महिला छन् । विराटनगरमा शनिबार दिउँसो ३८ जना कोरोना संक्रमित थपिएका थिए ।
सवै भन्दाबढी विराटनगर– ६ मा ७ जना संक्रमित थपिएका छन् भने विराटनगर ३,९, ११ र १५ मा ६–६ जना, विराटनगर २ र ५ मा ४–४ जना, विराटनगर ४ मा ३ जना, त्यस्तै विराटनगर ८ मा १ जना संक्रमित थपिएका हुन् ।
संक्रमित मध्ये ८६ जना कोरोना मुक्त भएर घर फर्कि सकेका छन् । ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।