AArya
RUMPUM
animated ellipse animated ellipse

कटहरीका कृषकलाई मकैको बिउ उत्पादनमा प्रयोग हुने कृषि सामाग्री हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ असार २०७७, बिहीबार २०:४९
9
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र सुनसरी मोरङको ५० प्रतिशत अनुदानमा सो गाउँपालिकाका ४० किसानलाई कृषि सामग्री उपलब्ध गराइएको हो ।

मकै खेतीका लागि पकेट एरियाका रुपमा प्रवद्र्धन गरिएको वडानम्बर ४ र ६ का किसानलाई आवश्यकता अनुसारको सामग्री उपलब्ध गराइएको समितिका कटहरी अध्यक्ष रुपनारायण मण्डलले बताए ।

ज्ञान केन्द्रको कटहरी–४ स्थित मकै पकेट सञ्चालक समितिले आज आयोजना गरेको कार्यक्रमकाबीच किसानहरुलाई कृषि कर्मका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको छ । सो क्षेत्रका किसानलाई मोटर १० एचपीको १० थान, त्रिपाल ५३ थान, ४ इन्च र ५ इन्चको डेलिभरी पाइप ४ सय केजी, सेक्सन पाइप ३ सय फिट, इलेक्ट्रोनिक तराजु १० थान, स्प्रे मेशिन ३० थान र होण्डा पम्पसेट ५ थान ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको कटहरी–४ का वडासदस्य रमेशप्रसाद सिंहले जानकारी दिए ।

वडा सदस्य सिंहले कटहरी तरकारी खेतीका लागि परिचित भए पनि कोल्ड स्टोरको अभावको कारण तरकारी कुहिएर नष्ट हुने भएकाले कटहरीका कृषकहरु मारमा पर्ने गरेको बताए ।

हाल कोरोना भाईरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवस्थामा कटहरीका कृषकले तरकारी अन्य स्थानमा निर्यात गर्न नसक्दा र कोल्ड स्टोर नभएका कारण तकारी कुहिएर नष्ट भएसँगै घाटा बेहोर्नु परेको बताइएको छ ।

प्रमुख अथिति कटहरी गाँउपालिका अध्यक्ष रामकुमार कामतले कटहरी कृषि क्षेत्रका लागि अग्रस्थानमा रहेकाले कटहरी गाँउपालिकाको चालु आर्थिक वर्ष २०७७–०७८ को बजेट कृषिलाई प्राथमिकतामा राखेको बताए ।

कृषकका प्रोत्साहनका लागि एक करोड बजेट विनियोजन गरेको र उक्त विनियोजित रकम केमा र केका लागि खर्च गर्ने भन्ने विषयमा कृषकहरुसँग छलफल गर्न बाँकी रहेको उनको भनाइ छ । उनले कृषकहरुको समस्यालाई मध्येनजर गर्दै कटहरी गाँउपालिकामा काल्ड स्टोरको व्यवस्थापनमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा ८ लाख अनुदानमा परेको हो भने ५० प्रतिशत कृषकहरुको लगानी रहेको छ । उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उराँव किसानहरुलाई आधुनिक उपकरणहरु उपलब्ध नगराएसम्म कृषिलाई आधुनिकीकरण गर्न नसकिने विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर