खबर पूर्वाञ्चल
व्यारेक परिसरमा रहेको २ कठ्ठा जमिनमा निर्माण गर्न लागिएको सर्पदंश प्राथमिक उपचार केन्द्रको भवन शिलान्याश गरिएको हो । एक कार्यक्रमकाबीच कटहरि गाउँपालिकाका अध्यक्ष रामकुमार कामत, जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डल साथै सूर्यदल गणका गणपती प्रमुख सेनानी रघुनाथ पौडयालले संयुक्तरुपमा पुजापाठ गरी शिलन्यास गरिएको हो ।
विराटनगर–३ का समाजसेवी राजेन्द्र खनालले सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्र भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका हुन् । प्राथमिक उपचार केन्द्र भवनका लागि प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले २० लाख रुपैँया बजेट विनियोजन गरिएको सूर्यदल गणका सहसेनानी क्याप्टेन खड्गबहादुर निरौलाले जनकारी दिए ।