खबर पूर्वाञ्चल


पहिलो दिन ९६ जनालाई वितरण गरेको खाना अहिले दिनमा ४ सय जनालाई खाना खुवाउने कार्य गरिरहेका छन् । बिहान बेलुकै खाना खुवाउने कार्यमा दुई वटा समूह बनाएर अभियानलाई निरन्तरता दिइरहेका कर्मठ युवा वसिमको समूहमा अहिले २० जना युवा छन् भने पप्पु अन्सारीले विराटनगर महानगरपालिकाको ट्राफिक चोकमा सञ्चालन गरेका रोयल विरयानी हाउसमा खाना तयार गर्न आफ्ना कुकसहित हाउस वसिम आलमलाई जिम्मा दिएका छन् । यो हाउसमा बिहान बेलुकै ताजा खाना पकाउने र खाना खाने समूहलाई दैनिक परिकार परिवर्तन गरी खुवाउन कार्य गरिरहेका छन् ।
उनको कार्यलाई मोरङका प्रहरी प्रमुख विश्व अधिकारी, वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख बेदप्रसाद गौतम प्रहरी अधिकृत विकास राईसहित केही सरकारी कर्मचारीहरुले पनि सराहना गर्दै काममा सहयोग गर्दै आएका छन् ।
युवा वसिमको कार्यबाट प्रसन्न भएका नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश १ समितिका सदस्य जीवन आचार्यले भिडियो कल गरेर उहाँलाई धन्यबाद मात्र दिएन् उहाँले सोही कलबाट नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि युवा वसिमलाई धन्याबाद दिए र उनले भने–‘यो काम निकै सराहनीय छ, यसलाई निरन्तरता दिनुस ।’
यही विषय लिएर नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पनि भिडियो कल गरेर विराटनगरका युवामा देखिएको जोश र जाँगरलाई कदर गर्दै धन्याबाद दिए र भने–‘यो कामलाई नरोक्नु होला ।’
यस्तै प्रेरणाबाट उत्साहित युवा वसिमको काम सक्रिय सहयोग गरिरहेका विराटनगर निवासी पप्पु अन्सारीले इस्लाम धर्मावम्बीहरुको महान चाड रमजान महिनामा ब्रत बसेका १ सय ८० परिवारमा रोजा ब्रत खोल्न इफतारको बन्दोबस्त गरे । उनले इफतारमा सँधै नै परिकार परिवर्तन गरी व्यवस्था गरे भने कटहरी गाउँपालिका निवासी कृषक कोपिन्द्र सिंहले टमाटर र बन्दाकोपी निःशुल्क उपलब्ध गराई रहेका छन् । अहिलेसम्म कुनै संघ संस्थाको सहयोग नलिई गरिरहेको यो कार्यमा व्यक्तिगत रुपमै केही साथी एवं समाजसेवीहरुले सहयोग गरिरहेको र उहाँहरुको सहयोगलाई सम्मान गर्दै भिडियो मार्फत भइरहेको कार्यको जानकारी पनि दिइरहेको युवा वसिमले जानकारी दिए ।
कुनै राजनीतिक रङ्घ नदिएको यस कार्यमा सहभागी युवाहरुले कोरोना भाइरसबाट बच्न निकै साबधानी अपनाउनुका साथै स्वास्थ्य विज्ञले दिएको सुझावलाई अंगिकार गरिहेका छन् भने प्रदेश १ को सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहयोगमा सडक पेटिमा खाना खाने समूहलाई स्वास्थ्य परीक्षण पनि गराई रहेको वसिमको भनाई छ ।
लकडाउनले गरीब, असहाय र विपन्न एवं रोजगार गुमाएका मानिसहरु बीच मात्र यो समूह पुगेनन् उनीहरु विराटनगरमा डेरा लिएर बसेका विद्यार्थीहरुको घरमा दाल, चामल र राजमासहितको प्याकेज बनाएर युवा निर्माल भण्डारीको नेतृत्वमा ४० जना विद्यार्थीको घरमा राहत पु¥याउने व्यवस्थासँगै बृद्धाश्रम र अनाथ आश्रममा मनिष पौडेलको नेतृत्वमा राहत पु¥याउने व्यवस्था र पेरिस सुवेदीको नेतृत्वामा १९ जना अपाङ्ग र तेस्रो लिङ्गीमा खाद्यान्न पु¥याउने काम पनि सम्पन्न गरेका छन् ।
मोरङका चिरपरिचित एवं राजनीतिक क्षेत्रमा अलग्गै पहिचान बनाएका युवा वसिम आलमको साविकको घर रंगेली नगरपालिका हो भने उनी २०५६ सालमा विद्यार्थीबाट राजनीतिक शुरु गरेर रंगेली पब्लिक माध्यमिक विद्यालयको अनेरास्ववियुको उपाध्यक्ष बनेर शुरु गरेकोे राजनीतिक यात्रा अहिले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मोरङका सचिवालय सदस्य रहेका छन् भने मोरङको विद्यार्थी फाँटको इन्चार्ज समेत रहेका छन् ।
राजनीतिक विभिन्न पद हासिल गर्दै सफलताको चुचुरो चुम्न सक्ने यस्ता युवाको बारेमा सडक पेटिमा खानाका लागि प्रतीक्षा गरिरहेका सुनिल मण्डलले उहाँको कारणले मेरो पेटमा आहार पुगेको छ उहाँलाई जति नै धन्यबाद दिए कमै हुने प्रतिक्रिया दिए । विराटनगर सरौचिया निवासी मण्डल मजदुरका काम गर्छन् र सरकारले लकडाउन घोषणा गरेपछि केही दिन भोकै बसेको स्मरण गराए र हातमा कन्टेनरमा लिएको खानाले आज पनि मेरो पेटमा अन्न पुगेकोमा खुशी व्यक्त गरे ।
विराटनगर महानगरपालिका वडा ९ निवासी रामभरोस सहनीले आफूले यो खाना लगातार २० दिन देखि खाइरहेको छु खाना मिठो र स्वादिलो हुन्छ भने । म रिक्सा चलाउँथे र गुजारा गर्थे अहिले लकडाउनले रिक्सा चल्दैन र पेट पाल्न गाह्रो भएकोले खाना खान सडकको पेटिमा बस्न नपाउँदै वसिमको समूहले खाना लिएर आउँदा उहाँका अनुहारमा बेग्लै चमक र खुशी देखिन्थ्यो ।
तेह्रथुम निवासी रत्न श्रेष्ठले कामको सिलसिलामा तीन महिना पहिले विराटनगर आएको र अहिले सबै तिर काम बन्द छ खाना खान आइपरेको समस्यालाई विराटनगरको युवाहरुले समाधान गरिदिएको बताए । यस्तै, बजारमा प्लाष्टिक टिप्ने विराटनगर मिलन चोक निवासी प्रेम विक, ठेला चलाउने रामपुर निवासी भिखारी मण्डल र मोरङको बुढीगंगा गाउँपालिका निवासी मजदुरको काम गर्ने अशोक सरदारले पनि दिन्हुँ साँझ र बिहान सडकको पेटिमा बस्दा खाना र पानी तथा मास्क पाउने गरेको बताए ।
घाम, पानी केहीको पर्वाह नराख्ने निरन्तर गरीब, असहाय, विपन्नका पेटामा आहार पु¥याउन जोहो गर्ने यो युवा समूहलाई विराटनगर, मोरङमा मात्र नभएर वरपरका जिल्लामा पनि प्रशंसा भइरहेको छ ।